• 11:26 am

सिन्धुपाल्चोकबाट विपत व्यावस्थापन महाशाखा टोली फर्कियो, बेपत्ता भएकाहरुलाई भोटेकोशीले बगाएको आशङ्का (फोटो कथासहित)

प्रकाशित मिति

२०७७ असार ३१ गते, बुधबार ०३:२८

sindu

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकमा यही महिना २५ गते आएको बाढीपहिरोमा उद्धारको लागि काठमाडौंबाट विपत व्यावस्थापन महाशाखाको २७ जनाको टोली पुगेको थियो । टोलीको नेतृत्व प्रहरी निरक्षक हरिओम खड्काले गर्नु भएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । भने २० जना बेपत्ता भएका छन् ।

उक्त टोली बाढीपहिरो गएको भोलिपल्ट अर्थात २६ गतेदेखि ३० गते सम्म उद्धार गरी काठमाडौं फर्कि सकेको भए पनि बेपत्ता भएकाहरुका खोजीकार्य जारी नै रहेको छ । उनीहरुको अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोशीले बगाएको हुन सक्ने उद्धार टोलीको आशङ्का छ ।

sindupalchock3

sindupalchock4

sindupalchock5

sindupalchock7

sindupalchock8

sindupalchock9

sindupalchock10

sindupalchock11

sindupalchok

sindupalchok0

sindupalchok1

sindupalchok12

 

 

प्रतिकृया