• ७ असोज २०८३, बुधबार
  • ७ः२२ बिहान

सकियो ओली–प्रचण्ड छलफल

प्रकाशित मिति

२०७७ असार ३० गते, मंगलवार ०३:३०

 

National Life

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मङ्गलबार भएको छलफल सकिएको छ ।

६ दिनपछि बालुवाटारमा भएको छलफलमा पार्टीभित्रको विवाद कम गर्ने, बाढी पहिरो पीडितको व्यवस्थापन, कोरोना भाइरस नियन्त्रणको लागि भएका कामलगायतको विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

पार्टीभित्रको विवादका कारण असार १० गते सुरु भएको स्थायी कमिटीको बैठक असार १८ गतेयता बस्न सकेको छैन । दुई अध्यक्षले सहमतिको बिन्दु पहिल्याउने र स्थायी कमिटी बैठक बोलाउने नेकपाको तयारी छ ।

नेकपाको जारी विवादका बीच स्थायी समितिले विवाद समाधान गर्ने जिम्मा दुई अध्यक्षलाई दिएको छ । स्थायी समितिको अधिका‌ंश सदस्यले प्रम ओलीको राजीनामा मागेपछि उनी पार्टी फुटाउने मनस्थितिमा पुगेको खबर बाहिरिएको थियो ।

प्रतिकृया