• ६ असोज २०८३, मंगलबार
  • ७ः५५ बिहान

अब प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटलको एकीकृत कारोबार

प्रकाशित मिति

२०७७ असार ३० गते, मंगलवार ११:५०

काठमाडौं । पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिई आजका मितिबाट प्रभु क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबारको शुभारम्भ भएको छ । एक कार्यक्रम गरेर दुवै संस्थाले प्रभु क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन ।

National Life

उदघाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाज्यूले दुवै कम्पनी मर्ज भई एकिकृत कारोबार गरेको उपलक्ष्यमा बधाई तथा शुभकामना ज्ञापन गर्दै नेपाली पूँजी बजारमा मर्जर पछिको प्रभु क्यापिटलले गुणस्तरीय सेवा प्रदान गरी पूँजीबजारमा महत्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास लिएको बताएका छन् ।

आफ्नो क्षमता र योग्यता देखाउन सक्ने संस्था मात्र बजारमा रहन सक्ने वास्तविकता औल्याउँदै प्रभु क्यापिटलले पक्कै पनि पूँजी बजारमा आफ्नो दरिलो स्थान बनाउने विश्वास लिएको बताए । उनले नेपालमा सेक्युरिटाइजेसनको अवधारणा नभएको हुँदा धितोपत्र बोर्डले यसतर्फ समेत ध्यान दिइरहेको बताउनुका साथै विशिष्टिकृत योजनामा विदेशी लगानी समेत भित्र्याउन सकिने व्यवस्था गरेको कुरा बताउँदै क्यापिटलहरु अझ बढि श्रृजनशील हुनुपर्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा तत्कालिन समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एलपि भानु शर्माले पूँजी बजार व्यक्तिमात्रै नभई समाज नैं बन्ने मेलो भएको कुरालाई जोड दिदै ठूला ठूला संस्थाहरु नबनिकन देश बन्दैन भन्दै नेपाल धितोपत्र बोर्डले नियामकीय दायरा फराकिलो बनाईदिन आग्रह गरे ।

विशेष अतिथि तथा प्रभु गु्रपका अध्यक्ष देवी प्रकाश भट्टचनले कोभिड–१९ को महामारीको कारण भएको आर्थिक मन्दिको वातावरणमा धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका भिष्मराज ढुंगानाको कार्यकालमा नेपाली पूँजी बजारले विषम परिस्थिति भोगेको भएतापनि स्थायी सरकार भएको हुँदा आउने दिनमा थप परिस्कृत भई नयाँ उचाई छुनेछ भन्ने विश्वास लिएको बताए । उनले देशको राजनीतिक अवस्थाले आर्थिक क्षेत्रमा प्रभाव पर्ने बताउँदै आर्थिक क्षेत्रको विकासका लागि स्थीर सरकार र आर्थिक क्षेत्रप्रति सकारात्मक र बलियो धारणा राख्ने सरकार हुनुपर्ने बताए ।

कार्यक्रमको अध्यक्ष तथा मर्जर कमिटिका संयोजक रहनुभएका तत्कालिन प्रभु क्यापिटलका अध्यक्ष विनोद थकालीले प्रभु ब्राण्ड नेपालभित्र मात्रै नभएर संसारभर फैलिइरहेको अवस्थामा इतिहास रच्दै।।अघि बढ्दै । प्रभु क्यापिटल भन्ने नाराका साथ प्रभु क्यापिटल लिमिटेड अगाडि बढेको बताए ।

उनले मर्जरपश्चात् क्यापिटलको अधिकृत पूँजी १ अर्ब र चुक्ता पूँजी रु.८१.७१ करोड भई ठूलो आकारको पूँजी सहित एक सवल संस्थाको रुपमा प्रतिष्पर्धी सेवा प्रदान गर्दै पूँजी वजारको विकासलाई टेवा पुयाउने उद्देश्यसहित मर्जर गरिएको बताउँदै मर्जरको उद्देश्य प्रष्ट पारे ।

प्रतिकृया