• ७ असोज २०८३, बुधबार
  • २ः२५ राती

अश्लील भिडियो बनाई पोष्ट गर्ने पक्राउ

प्रकाशित मिति

२०७७ असार ३० गते, मंगलवार ०५:३५

काठमाडौं । १७ वर्षीया एक युवतीको अश्लील भिडियो बनाई वेवसाइटमा पोष्ट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

National Life

प्रहरीको साइबर ब्युरोको टोलीले अश्लील भिडियो बनाएर पोर्न वेबसाइटमा राख्ने काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरी हिजो सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले श्रेष्ठले साइबर अपराध गरेर अश्लील भिडियो पोर्न वेबसाइटमा राखेकाले पक्राउ गरिएको जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

अभियुक्त श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनलाई विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ को कसुरमा कारवाही गरिने ब्युरोले जनाएको छ ।

प्रतिकृया