• २० भदौ २०८३, शनिबार
  • १०ः०८ बिहान

कालीकोटका ३८ जना भए कोरोना मुक्त

प्रकाशित मिति

२०७७ असार २९ गते, सोमबार ०२:२२

कालीकोट, विश्वभरी फैलिएको कोरोना संक्रमणले विश्वका आधिकांश राष्ट्रहरु लकडाउन अवस्थामा छन् । नेपालको सन्दार्भमा कोरोना संक्रमण हुनु भन्दा कोरोना मुक्त हुनेको संख्या बढ्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयको तथ्यांक देखाएको छ ।

National Life

त्यसैगरी कालीकोटका ३८ जना कोरोना संक्रमण मुक्त भएका छन् । पटक पटकको परिक्षणमा कालीकोटका ४८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । ४८ मध्ये ३८ जनाले कोरोना जितेर घर गएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले ४८ मध्ये ३८ जनाको दोस्रो र तेस्रो पटकको स्वाब परिक्षण नेगेटिभ आएपछि २१ दिन थप होमक्वारेन्टाईनमा बस्ने सल्लाह दिएर घर पठाएको बताउनुभयो ।

Classic Tech Desktop

प्रतिकृया