• २३ भदौ २०८३, मंगलबार
  • ६ः२२ बिहान

मनसुन सक्रिय विभिन्न स्थानमा भारी वर्षा

प्रकाशित मिति

२०७७ असार २६ गते, शुक्रबार ०८:४९

 

National Life

काठमाडौं । देशका विभिन्न स्थानमा विहान देखि नै वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहि थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक र दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया