• ४ साउन २०८३, सोमबार
  • १:४४ बिहान

नौ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किँदै

प्रकाशित मिति

२०७७ असार २४ गते, बुधबार १२:४४

काठमाडौं, कोरोना भाइरसको महामारीले विभिन्न देशमा रोजगार गुमाएर अलपत्र परेका तथा स्वदेश फर्कन चाहाने ९ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किदैछन्। विभिन्न ६ उडानमार्फत युएई, मलेसिया, कुवेत, कतार लगायतका देशबाट ९ सय ६३ जनालाई ल्याइने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

नेपाल एयरलाइन्सको जहाजबाट युएईको दुबईबाट आज विहानै १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन् । नेपाल एयरलाइन्सकै अर्को जहाजले कतारबाट १ सय ५० जना लाई ल्याएको छ । यसैगरी हिमालय एयरलाइन्सका जहाजले कतारबाट विहान ९ बजे तथा मलेसियाबाट दिउँसो साढे १२ बजे समान १५४र१५४ जना नेपालीलाई काठमाडौं ल्याइपुर्याउने छ ।

Kamana Sewa

आजै दिउँसो २ बजे मालिन्दो एयरले मलेसियाको क्वालालम्पुरबाट १ सय ७८ जना तथा कतार एयरवेजको विमानले कतारबाट १ सय ७७ जना नेपाली लिएर दिउँसो सवा १ बजे काठमाडौं आइपुग्ने विभानस्थल कार्यालयले जनाएको छ ।

Classic Tech Desktop

हिजो विभिन्न देशबाट १ हजार ३ सय ३० जना नेपाली स्वदेश फर्किएका थिए ।

प्रतिकृया