• २० भदौ २०८३, शनिबार
  • ९ः१९ बिहान

ढलको पानीमा पाइने जीवाणु वा विषाणुले कोरोना सार्दैनः स्वास्थ्य मन्त्रालय

प्रकाशित मिति

२०७७ असार २१ गते, आईतवार ०५:४७

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढलको पानीमा कोरोना सङ्क्रमण सार्ने जीवाणु वा विषाणु पाउँदैमा नआत्तिन अपील गरेको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय स्तरमा भएको शोध र अध्ययनले ढलको पानीमा पाइने जीवाणु वा विषाणु कोरोना सार्ने तथ्य पुष्टि नगरेको प्रष्ट्याएको छ ।

National Life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा कोरोना सङ्क्रमणको जीवाणु वा विषाणु पाइएको विषयमा मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को समन्वयमा थप अध्ययन गरिने बताउनुभयो ।

प्रवक्ता गौतमले भन्नुभयो, “ढलको पानीमा कोरोना सङ्क्रमण सार्ने जिवाणुको अंश भेटिँदैमा समुदायमा सर्ने जोखिम रहन्न ।” उहाँले थप्नुभयो, “उक्त अध्ययन ढलको पानीमा विषाणुको मात्रा बुझेर सङ्क्रमणको अवस्था बुझ्ने पूरक विधि हो, तसर्थ नआत्तिन र नडराउन आग्रह गर्छौं ।”

Classic Tech Desktop

एक निजी प्रयोगशालाले गरेको अध्ययनमा काठमाडौँको ढलको पानीमा कोरोना सार्ने विषाणु ‘आरएनए फ्राग्मेन्ट’ फेला परेको थियो । प्रवक्ता गौतमले भन्नुभयो, “अन्तर्राष्ट्रिय स्तरमा गरिएको शोधले विषाणुको फ्राग्मेन्टले कोरोना रोग सार्दैन ।” यद्यपि ढलको पानीमा पाइने अन्य जिवाणुले रोग सार्ने जोखिम हुँदा उचित प्रशोधन र व्यवस्थापनमा जोड दिइने उहाँले बताउनुभयो ।

प्रतिकृया