• ८ असोज २०८३, बिहीबार
  • ६ः३१ बेलुका

हिन्दूवादीद्वारा चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै विरोध प्रदर्शन

प्रकाशित मिति

२०७७ असार १७ गते, बुधबार १०:४२

काठमाडौं । हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै वीरगञ्जमा प्रदर्शन गरेको छ ।

National Life

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गोरखाको रुई गाउँ सम्बन्धी दिएको गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको विरोधमा वीरगञ्ज र काठमाडौंमा बुधबार प्रदर्शन गरिएको हो ।

अभियानकर्ताहरु वीरगञ्जको घण्टाघर चोकमा भेला भई परराष्ट्रमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन उत्रिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

विरोध प्रदर्शनमा सहभागी युवाहरुले ‘भ्रष्टचारी सरकार मुर्दावाद, राष्ट्रघाती सरकार मुर्दावाद, चिनियाँ विस्तारबाद मुर्दावाद, चीनले अतिक्रमण गरेको जग्गा फिर्ता गर, परराष्ट्रमन्त्री राजीनामा दे, लगायत सरकारविरोधी नाराजुलुस लगाएका थिए ।

राष्ट्रिय एकता अभियानका संयोजक यादवले नेपाल-चीन सीमाबारे परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएकोले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन्।

२०६१ सालमा नेपालको अधिनमा रहेको गोरखा जिल्लाको रुई गाँउलाई त्यहाँको जनताको स्वेच्छाले चीनतर्फ पारिएको भन्ने परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्ति नेपाल राष्ट्रको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र सार्वभौमसत्ता विरोधी मात्र नभई त्यसले नेपालको विखण्डनवादी शक्तिहरुलाई मलजल पुर्‍याउने काम गरेको समेत उनले आरोप लगाए ।

‘भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेको भन्दै आक्रमक रुपमा विरोध गर्ने तर चीनले नेपाली भूमि अतिक्रमण गर्दा हामी किन यति उदारवाद बन्ने  , ‘के हामीले चीनको गुलामी गरेका हौं, होइन भने चीनले अतिक्रमण गरेको रुई गाउँ पुरै फिर्ता गर्नुपर्छ ।’उनले भने

उनीहरुले रुई गाउँलाई नेपालको नक्सामा समावेश गरी नयाँ नक्सा प्रकाशित गर्न समेत माग राखेका छन् ।

प्रतिकृया