• ९ असोज २०८३, शुक्रबार
  • ८ः४३ राती

गोरखामा टिप्परले सेनाको गाडीलाई ठक्कर दिँदा पाँच सैनिक घाइते

प्रकाशित मिति

२०७७ असार १७ गते, बुधबार १०:०४

 

National Life

गोरखा । गोरखामा नेपाली सेनाको गाडीलाई टिप्परले ठक्कर दिँदा पाँच सैनिक घाइते भएका छन्।

मझुवा चेकप्वाइन्टबाट फर्कंदै गरेको बा १ झ ५८०० नम्बरको सेनाको भ्यानलाई विपरीत दिशाबाट गएको लु १ क ३८४६ नम्बरको टिपरले बुधबार अपराह्न ठक्कर दिँदा सेनाका पाँच जना घाइते भएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

गोरखा नगरपालिका ११ को १५ किलो घुम्तीमा भ्यानलाई टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ।

उनीहरुमध्ये रञ्जित रानालाई बढी चोट लागेको रणसिँह दल गणका गणपति उज्वल केशीले जानकारी दिएका छन् ।

घाइते सबैलाई गोरखा अस्पताल ल्याइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताएका छन् । सथै टिप्परका चालकलाई नियन्त्रणमा लिइएको केशीले बताका छन् ।

प्रतिकृया