• ६ असोज २०८३, मंगलबार
  • ७ः५४ बिहान

सेयर बजारमा ‘पोजिटिभ सर्किट’, कारोबार रोकियो

प्रकाशित मिति

२०७७ असार १७ गते, बुधबार ०१:३६

काठमाडौं, आज सेयरमा ‘पोजिटिभ सर्किट’ लागेको छ । बुधबार ६ प्रतिशतले बजार बढेर ‘पोजिटिभ सर्किट’ लागेपछि आजको कारोबार स्थगित गरिएको छ । कोरोना त्रासकै बिच सोमबारदेखि खुलेको बजार पहिलो दिन दोहोरो अंकले घटेको थियो भने मंगलबार पनि पोजिटिभ सर्किट ब्रेक लागेको थियो ।

National Life

बुधबार बजार खुलेको १ घण्टा २३ मिनेटमा सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७७ अंकले बढेर १ हजार ३ सय ३६ दशमलव ५३ अंकमा पुगेको छ । कारोबार खुलेको पहिलो आधा घण्टा पनिहुन नपाउँदै ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो ।

दोस्रो पटक ५ प्रतिशतले बढेपछि ४० मिनेट रोकिएको कारोबार ६ प्रतिशतले रोकिएपछि बुधबारका लागि कारोबार नै स्थगित गरिएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बुधबार सबै उपसमूहहरू हरियाली देखिदा होटल भने राताम्मे देखिएको छ । होटल ५ दशमलव १५ अंकले घटेको छ ।

प्रतिकृया