नेपाल लकडाउनको सय दिन पुग्यो, २ लाख २८ हजार ३ सय ४१ जनाको कोरोना परिक्षण
प्रकाशित मिति
२०७७ असार १७ गते, बुधबार ०२:१७
काठमाडौं, कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको आज सय दिन पुगेको छ । आजसम्म देशभर संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ । नेपालमा २ लाख २८ हजार ३ सय ४१ जनाको कोरोेना परिक्षण गरीएको छ । जसमध्ये १३ हजार पाँच सय ६४ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणको दर बढेपनि मान्छेको मनमा भने डर घटेको छ । जनजीवन सामान्यजस्तै भीडभाड हुन थालेको छ ।
संक्रमण समुदायमा समेत पुगेको संकेतहरू आएपनि लकडाउन खुकुलो भएसँगै भिडभाड बढेकाले अझै तीव्र गतिमा बढ्न सक्ने विज्ञहरूको भनाइ छ । हालको अवस्थामा नागरिक आफै सचेत हुनुपर्ने र होम क्वारेन्टाइनमा बसेर सुरक्षित रहन सकिने विज्ञहरुले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा कोरोना संक्रमण समुदायस्तरमा पुगिनसकेको जनाएको छ । तर, परीक्षण नै थोरै भएकाले समुदायमा पुगिसकेको हुन सक्ने आंशका धेरैको छ ।
नेपालमा अहिलेसम्म२९जनाको मृत्यु भएको छ । तीन हजार एक सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् । दश हजार तीन सय ४१ जनाको उपचार भइरहेको छ । देशभरका क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेको वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालको सबै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।






प्रतिकृया