• २० भदौ २०८३, शनिबार
  • ८ः१८ बिहान

पीसीआर रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि

प्रकाशित मिति

२०७७ असार ८ गते, सोमबार १०:३७

कैलाली, कैलालीको लम्किचुहा नगरपालिकामा  पिसिआर रिपोर्ट आउन ढिला भएको भन्दै क्वारेन्टाइनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ।  लम्किचुहा १ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टाइनमा बसेर घर पुगेका ५८ जनामा कोरोना पुष्टि भएको लम्किचुहा नगरपालिका प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

National Life

संक्रमण पुष्टि भएकाहरु भारतबाट फर्किएको तीन हप्ता पुगिसकेको थियो। उनीहरुमा कोरोनाको लक्षण नदेखिएको तथा पीसीआर रिपोर्ट आउन ढिला भएका कारण घर पठाइएको लम्किचुहा नगरपालिकाले जनाएको छ । गत जेठ २८ गते स्वाब संकलन गरिएका ९३ मध्ये ५८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।

Classic Tech Desktop

प्रतिकृया