• ७ असोज २०८३, बुधबार
  • २ः०२ राती

बलात्कार कसुरका एक वृद्धको कारागारमा निधन

प्रकाशित मिति

२०७७ असार ७ गते, आईतवार १०:२७

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारमा बलात्कार कसुरमा सजाय काटिरहेका एक वृद्धको निधन भएको छ ।

National Life

ब्लड प्रेसरको समस्या रहेका उदयपुरका ८२ वर्षीय दिलप्रसाद राईको निधन भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सुशील कुमार यादवले जानकारी दिएका छन् ।

शनिबार राति अचानक स्वास्थ्य समस्या आएपछि उनलाई वीर अस्पताल लैजाँदै गर्दा निधन भएको यादवले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

दिल प्रसादलाई अदालतले १३ वर्ष कैद साजय तोकेको थियो । उनी दुई वर्षदेखि केन्द्री कारागारमा बसिरहेका थिए ।

उनको शव अहिले वीर अस्पतालमा राखिएको छ ।

प्रतिकृया