• १८ भदौ २०८३, बिहीबार
  • २ः०६ दिउँसो

लिच्चि खानुमा धेरै फाइदाहरु, क्यान्सरदेखी तौल नियन्त्रणसम्म

प्रकाशित मिति

२०७७ असार २ गते, मंगलवार ०९:३४

 

काठमाडौं । लिच्ची धेरैलाई मनपर्ने फलफुल हो । अहिलेको सिजनमा लिच्ची जहाँ पनि सजिलै पाइन्छ । स्वादमा गुलियो अमिलो हुने लिच्ची हाम्रो स्वास्थ्यको लागि पनि फाइदाजनक छ । यसमा प्रशस्त कार्बोहाइड्रेट, भिटामिन सी, भिटामिन ए र बी कम्प्लेक्स पोटेसियम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, आइरन र मिनरल पाइन्छ ।

Kamana Sewa

यसको सेवनले रोगप्रतिरोधक क्षमता बलियो बनाउन सहयोग गर्छ । त्यस्तै पेटसम्बन्धी समस्या भएकालाई यसको सेवन राम्रो मानिन्छ । यदि तपाइ तौल नियन्त्रण गर्न चाहनु हुन्छ भने पनि लिच्ची खानु राम्रो हन्छ । यसमा फाइबर हुने हुनाले तौल नियन्त्रण गर्न सहयोग गर्छ । त्यस्तै यसको सेवले भोक पनि हराउछ ।

Classic Tech Desktop

यसमा पाइने क्याल्सियम, फस्फोरस र म्याग्नेसियमले बच्चाहरूको शारीरिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसको सेवनले हड्डीको रोग अस्टियोपोरोसिसलाई रोक्छ । क्यान्सर कोषिकासँग लड्ने गुण हुने हुनाले यसको सेवनले सेलहरु बढ्न पाउँदैनन् । त्यस्तै यसको सेवन गर्नाले पखाला, बान्ता, अल्सर र पेट सुन्निने समस्यालाई कम गर्न सहयोग गर्छ ।

यसले पत्थरीको पीडामा पनि राहत दिन्छ । तर लिच्चीको सेवन धेरै गर्नु पनि राम्रो हुदैन । लिच्चीको धेरै सेवन गरेमा यसले विभिन्न समस्याहरु निम्ताउने गर्छ । खाली पेटमा पनि यसको सेवन गर्नु राम्रो हुँदैन ।

प्रतिकृया