आज सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक
प्रकाशित मिति
२०७७ असार १ गते, सोमबार १२:०१
काठमाडौं । आज सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेट आज सार्वजनिक गर्ने भनिएको छ । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेको हो । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् ।
प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । कोरोना भाइरसको महामारीका बिचमा आउने भएका कारण यसपटकको बजेटले स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले जानकारी दिए ।
स्वास्थ्यसँगै कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छन् । यहीअनुरुप आफ्नो प्रदेशको बजेट तयारी गरेको प्रदेश सरकारहरुले बताए । संघीय सरकारले नै बजेटको आकार घटाएका कारण प्रदेश सरकारहरुले पनि बजेटको आकार घटाउने भएको छ ।






प्रतिकृया