• १ असोज २०८३, बिहीबार
  • १ः५४ दिउँसो

शुक्रबारदेखि नेपालमा भित्रियो मनसुन, सक्रिय हुन केही दिन लाग्ने

प्रकाशित मिति

२०७७ जेष्ठ ३१ गते, शनिबार ०८:०४

 

National Life

काठमाडौं । नेपालमा शुक्रबारदेखि मनसुन भित्रिएको छ ।

सामान्यतयाः जुन १० मा नेपालको पूर्वी भू-भागमा प्रवेश गर्ने मनसुन यसपटक २ दिन ढिला गरी १२ जुनमा प्रवेस गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

तत्कालका लागि मनसुनी गतिविधि त्यति सक्रिय नभएको  महाशाखाले जनाएको छ । महाशाखा अनुसार आज पनि मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने सम्भावना रहेको छ ।

अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिम भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्यून चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

त्यसैको प्रभावस्वरूप देशभर आंशिकदेखि सामान्य बदली भएको छ। दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया