• १९ भदौ २०८३, शुक्रबार
  • ८ः५९ बिहान

कक्षा ११ र १२ को परीक्षाबारे निर्णय छिट्टै हुन्छः मन्त्री पोखरेल

प्रकाशित मिति

२०७७ जेष्ठ ३० गते, शुक्रबार ०२:३३

काठमाडौं, सरकारले यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेसँगै कक्षा ११ र कक्षा १२ को परीक्षाबारे चासो बढेको छ । कतिपयले एसईई जस्तै आन्तरिक मूल्यांकनको आधारमा गे्रडिङ हुने तर्क गरिरहेका छन् ।

तर जानकारहरू भने कक्षा १२ को परीक्षा भने एसईई जस्तो नहुने बताउँछन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि विद्यालय तहको अन्तिम परीक्षा भएकाले अनुकुलता मिलाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् । कक्षा ११ र १२ को परीक्षाको विषयमा आफूले सरोकारवालासँग विस्तृतमा छलफल गरिरहेको उनले जानकारी दिए ।

Kamana Sewa

लकडाउनका बेला विद्यार्थी र अभिभावकलाई परेको अन्यौलताबारे आफू गम्भीर रहेको पोखरेल बताउँछन् । ’

Classic Tech Desktop

प्रतिकृया