• ७ असोज २०८३, बुधबार
  • ७ः१० बिहान

हेटौँडामा ट्रिप्परको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

प्रकाशित मिति

२०७७ जेष्ठ २९ गते, बिहीबार ०८:४२

 

National Life

मकवानपुर । मकवानपुरको हेटौँडामा ट्रिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ट्रिप्परको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ९ बजेको समयमा ट्रिप्परको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहनुभएका प्रहरी हबल्दार केशरदोर्जे थिङको मृत्यु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्र३–०२–०१२प १३३८ नम्बरको स्कुटरमा सवार थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना८ख ७५५८ नम्बरको ट्रिप्परले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

ट्रिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया