• २८ भदौ २०८३, आइतबार
  • १२ः०६ दिउँसो

२६ नेपालीलाई लिएर म्यानमारबाट उड्यो सैनिक विमान

प्रकाशित मिति

२०७७ जेष्ठ २३ गते, शुक्रबार ११:०४

काठमाडौं । म्यानमारबाट नेपालीलाई लिएर त्यहाँको सैन्य विमान उडेको छ।

National Life

आज बिहान २६ जना नेपालीलाई लिएर विमान उडेको हो। उक्त विमानले नेपालमा म्यानमारका नागरिकलाई लिएर फर्कने छ।म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँदै गरेका हुन्। म्यानमारबाट आएका सबैजना होम क्वारेन्टाइनमा बस्ने भएका छन्।

कोरोना संकट ब्यवस्थापन केन्द्र सीसीएमसी स्रोतका अनुसार उनीहरु सबैले म्यान्मारमै पीसीआर टेस्ट गरी नेगेटिभ देखिएकाले उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने सुविधा दिइएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई होल्डिङ सेन्टमा पुर्‍याएर त्यहाँबाट सेनाले घरसम्म पुर्‍याउने छ।म्यान्मारबाट आउने नेपालीको टोलीमा सबैभन्दा बढी बागमती प्रदेशका १७ र सबैभन्दा कम प्रदेश(१ का एक जना छन्।

अन्य ८ जना थप दुई प्रदेशका छन्। म्यान्मारले आफ्नो सेनाको विमानमा राखेर नेपालीलाई स्वदेश फर्काएको हो ।सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने तयारी गरिरहेको छ। रोजगारदाता देश आफैले पठाएपछि बाँकी रहेकालाई आफूले उद्धार गर्ने सरकारको तयारी रहेको छ।

प्रतिकृया