• २८ भदौ २०८३, आइतबार
  • १२ः५४ दिउँसो

प्रदेश १ बाट थप ३० जना कोरोना मुक्त

प्रकाशित मिति

२०७७ जेष्ठ २३ गते, शुक्रबार १०:५५

 

National Life

विराटनगर । प्रदेश १ को विराटनगर र धरानबाट थप ३० जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।

कोशी अस्पताल कोरोना उपचार केन्द्र विराटनगरमा उपचारार्थ भर्ना भएका २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका तीन जना निको भएर फर्केका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए। योसँगै प्रदेश १ बाट निको भइ घर फर्केनेको संख्या ७८ पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विराटनगर केन्द्रबाट निको भइ घर फर्केनेमा चार महिला, एक सञ्चारकर्मीसहित २७ जना छन्। विराटनगरबाट घर फर्केनेमा एकजना पूर्व सङ्क्रमित छन्।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले आगामी दिनमा चिकित्सकको समूह गठन गरी उनीहरुको निर्देशनअनुसार उपचार कार्य शुरु गर्ने जानकारी दिए।

पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा रहेको शिक्षण अस्पतालमा दुई शय्याको उपचार केन्द्र बिहीबारदेखि सञ्चालनमा ल्याएको छ। केही दिनभित्र मेची अस्पतालमा थप दुई शय्याको केन्द्र स्थापना गरिने घिमिरेले जानकारी दिएका छन्।

प्रतिकृया