रौतहटमा सतर्कता अपनाएर व्यापार व्यवसाय खोल्न दिने
प्रकाशित मिति
२०७७ जेष्ठ २२ गते, बिहीबार ०९:४१
रौतहट । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सर्तकता अपनाएर व्यापार, व्यवसाय खोल्न दिने रौतहट प्रशासनले निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीवार सूचना जारी गर्दै जेठ २३ गते शुक्रवारबाट ३२ गतेसम्म तोकिएको समयमा व्यापाररव्यवसाय खोल्न दिने निर्णय गरेको हो ।प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बिहीवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बैंक तथा वित्तीय संस्था र व्यापाररव्यवसाय खोल्न नदिने निर्णय गरेको हो ।
बैंक तथा बितिय संस्था प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र औषधी पसल २४ सै घण्टा खुला गर्न भनेको छ । खाद्यन्नरकिराना पसल र गैर खाद्यन्न पसलहरु एकरएक दिन बिराएर आलोपालो गरी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।
रौतहट उद्योग वाणिज्य संघले व्यवसायीको संग्लनतामा एउटा ‘मापदण्ड कार्यान्वयन तथा अनुगमन टोली’ बनाई मापदण्ड कार्यान्वयनमा पहल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ ।
जिल्ला सुरक्षा निकायका प्रतिनिधिले अनुगमन गर्दा मापदण्डको पालना नभएको पाइएमा त्यस्ता सेवा तथा व्यवसाय बन्द गराई, संक्रमक रोग ऐन २०२० तथा प्रचलित कानून बमोजिम कारवाही गरिने समेत जानकारी दिएको छ ।






प्रतिकृया