• २८ भदौ २०८३, आइतबार
  • २ः०० दिउँसो

३ लाख ३० हजार घुससहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७७ जेष्ठ २२ गते, बिहीबार ०६:२५

सिन्धुली, तिनपाटन गाउँपालिका–१० औलडाँडास्थित दुधौली नगरपालिका–४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरु लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा दुई जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेहरुमा स्थानीय जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ३७ वर्षीय मिन बहादुर घोले र जनसेवा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ६१ वर्षीय तिर्थ बहादुर राना रहेका छन् ।

उक्त कुखुरा फर्मका पुराना काठहरु तिनपाटन गाउँपालिका–९ तर्फ लैजाने क्रममा उनीहरुले घुस रकम लिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले मिन बहादुरको साथबाट ३ लाख रुपैयाँ र तिर्थ बहादुरको साथबाट ३० हजार ५ सय रुपैयाँ बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरुलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास महोत्तरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिकृया