• ४ साउन २०८३, सोमबार
  • ७:२२ बेलुका

सरकारले फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनमा कर लगाउँदै

प्रकाशित मिति

२०७७ जेष्ठ १४ गते, बुधबार ०७:२१

 

काठमाडौं । सरकारले सामाजिक सञ्जालमा गरिने विज्ञापनमा कर लगाउने तयारी गरेको छ ।

Kamana Sewa

नेपालबाट फेसबुक, ट्विटर, ह्वाट्सएप, युट्युबलगायतका सामाजिक सञ्जालका हुने विज्ञापनमा आयकर लगाउने तयारी गरिएको हो । राजश्व परामर्श समितिअन्तर्गतको आन्तरिक राजश्व उपसमितिले मंगलबार अर्थ मन्त्रालयलाई सामाजिक सञ्जालमार्फत हुने विज्ञापनमा कर लगाउन सिफारिस गरेको हो ।

Classic Tech Desktop

नेपालबाट सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानी गर्न सकिँदैन । त्यसैले अन्तर्राष्ट्रिय भुक्तानी कार्डहरू भएकाबाहेकले विज्ञापन गर्न एजेन्टहरूको सहयोग लिने गर्छन् । नेपालमा सामाजिक सञ्जालमा विज्ञापन गर्न कुनै पनि एजेन्सी दर्ता भएका पनि छैनन् ।

समितिले सामाजिक सञ्जालमा विज्ञापनको भुक्तानी गर्ने ती एजेन्टहरूमाथि नै कर लगाउन सिफारिस गरेको हो । नेपालमा ट्रिगोलोजी डिजिटल मिडिया, डिजिटल गोर्खालगायतका स्थानीय एजेन्टहरू रहेका छन् ।

यी एजेन्टहरूले सामाजिक सञ्जालमा विज्ञापनका लागि नेपालबाट खर्च हुने ठूलो रकम विभिन्न सामाजिक सञ्जाललाई बुझाउने गर्छन् । नेपालबाट यसरी बाहिरिने पैसामा सरकारले कर लगाउने तीव्र तयारी थालेको हो । नयाँ पत्रिकाबाट साभार

प्रतिकृया