• ७ असोज २०८३, बुधबार
  • ५ः३७ बिहान

तेस्रो मुलुक र भारतबाट कच्चा पदार्थ आयात नहुँदा तोरी तेल उद्योग बन्द हुने अवस्थामा

प्रकाशित मिति

२०७७ जेष्ठ १३ गते, मंगलवार ०८:५३

 

National Life

विराटनगर । आयातित कच्चा तोरी प्रशोधनमा निर्भर सुनसरी–मोरङ करिडोरका तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । तेस्रो मुलुक र भारतबाट कच्चा आयातमा समस्या परेपछि लामो बन्दाबन्दीको असर तेल उद्योगमा देखिन थालेको हो ।

कच्चा अभावकै कारण विराटनगर–४, खारजीमा रहेको श्याम एग्रो इन्डस्ट्रिज भने बन्द भएको छ । त्यसबाहेक अन्य उद्योगलाई समेत कच्चा अभावको प्रभाव पर्दै गएको सम्बन्धित उद्योगीको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

श्याम एग्रोका सञ्चालक जीवन रिजालले तोरी आयातमा समस्या भएका कारण तत्काल उद्योग बन्द गर्नुपर्ने अवस्था आएको जानकारी दिए ।

दैनिक १५ टन तोरी प्रशोधन गर्दै आएको उद्योग बन्द हुनुपर्ने कारणबारे सञ्चालक रिजालले क्यानडा, युक्रेन र अस्ट्रेलियाबाट पछिल्लो बन्दाबन्दीसँगै कच्चा आयात गर्न नसकिएको बताए । यसैगरी भारतमा समेत ठूला मन्डी बन्द गराइएका कारण तोरी आयातमा समस्या परेको हो । गोरखापत्रबाट साभार

प्रतिकृया