• ७ असोज २०८३, बुधबार
  • १२ः१४ राती

आज मौसम सामान्यतया सफा

प्रकाशित मिति

२०७७ जेष्ठ १२ गते, सोमबार ०९:२५

काठमाडौं । आज मौसम सामान्यतया सफा रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

महाशाखाका अनुसार अपरान्ह पछि पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया