• ५ असोज २०८३, सोमबार
  • ३ः३६ दिउँसो

अमेरिकामा कोरोनाको परीक्षण राम्रो भएकाले संक्रमित धेरै देखिएकोः ट्रम्प

प्रकाशित मिति

२०७७ जेष्ठ ७ गते, बुधबार ०८:२४

 

National Life

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको परीक्षण अन्यत्र भन्दा अमेरिकामा राम्रो भएको दावी गरेका छन् । जस्का कारण संक्रमितको संख्या धेरै देखिएको बताएका छन् ।

ह्वाइट हाउसमा कुरा गर्दै राष्ट्रपति ट्रम्पले यस्तो भनेका छन् । ‘अमेरिकामा संक्रमित सबैभन्दा धेरै देखिनु अन्यत्रको भन्दा यहाँको परीक्षण राम्रो भएर पनि हो मैले यसलाई ‘सम्मान’ का रुपमा लिन्छु ।’

Classic Tech Mobile
Classic Tech Desktop

अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएयता सोमबार पहिलोपटक मन्त्रीपरिषद बैठक राखेका ट्रम्पले आफूहरुको परीक्षण धेरै रहेको बताएका हुन् ।अमेरिकामा धेरै संक्रमित हुनुको अर्थ परीक्षण पनि धेरै भएको उनको दावी छ । अमेरिकामा मंगलबारसम्म एक करोड २६ लाख मानिसमा कोरोना भाइरसको परीक्षण भएको बीबीसीले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म ९३ हजारभन्दा बढीको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको छ भने १५ लाख ७० हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रतिकृया