• ३० भदौ २०८३, मंगलबार
  • ३ः४५ राती

आजबाट लकडाउन झन कडा, यी सवारीलाई पास चाहिँदैन

प्रकाशित मिति

२०७७ जेष्ठ १ गते, बिहीबार १२:१४

काठमाडौं, सरकाले आजबाट लकडाउन झन कडा गरेको छ । लकडाउनका बखत घर बाहिर निस्कन र सवारी साधन सञ्चालन गर्न कडाइ गरेको हो । सरकारले जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयबाट जारी हुने पासमा कडाई गरेको हो । यसअघि जारी गरिएका पास सबै रद्द गरिएका छन् । पास विना पनि निश्चित व्यक्ति र सवारी साधनले विना रोकटोक आवागमन गर्न पाउनेछन् ।

National Life

कुन–कुन सावरीलाई पास चाहिँदैन

एम्बुलेन्स, शवबाहन र दमकललाई पास आवश्यक पर्दैन ।
यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरुलाई पास पर्दैन
सूचना विभागबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु ।
स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु,
औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु ।
खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति ।
फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति ।
ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु
यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ ।यसैगरी, नयाँ पास लिन परिस्थिति हेरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मात्र नभई कतिपय अवस्थामा गृह मन्त्रालयको समेत अनुमति लिनुपर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने भएको छ ।

प्रतिकृया