• ६ असोज २०८३, मंगलबार
  • १२ः५३ दिउँसो

दाङमा लकडाउन उल्लंघन गर्ने २१ व्यापारी पक्राउ

प्रकाशित मिति

२०७७ बैशाख ३० गते, मंगलवार १०:३६

दाङ । दाङको तुलसीपुरमा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले २१ व्यापारीहरुलाई पक्राउ गरेको छ ।

National Life

अत्यावश्यकीय खाद्य वस्तु खरिदका लागि बिहान ६ देखि ९ बजेसम्म पसल खोल्नुपर्नेमा कस्मेटिक, कपडा, हार्डवेयर, इलेक्ट्रिक, छापाखाना समेत खोलेको भन्दै प्रहरीले २१ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

पटक(पटक अनुरोध गर्दासमेत अटेर गरेर पसल खोलेको र भिड बढाएर कोरोना संक्रमणको जोखिम बढाएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकालाई प्रहरीले संक्रामक रोग सार्ने कसुरमा मुद्दा चलाउन सक्ने भए पनि तुलसीपुर प्रहरीले केही समय हिरासतमा राखेर छाड्ने गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि पनि ९२ जनालाई पक्राउ गरेर छाडिसकेको छ । तुलसीपुरमा अत्यावश्यकीय वस्तु खरिदका लागि सामग्री खरिदका नाममा अन्य पसलहरु पनि खुल्ने गरेका छन् ।

प्रतिकृया