• ६ असोज २०८३, मंगलबार
  • १२ः५० दिउँसो

टिकटक डाउनलोड गर्नेको संख्या २ अर्ब नाघ्यो !

प्रकाशित मिति

२०७७ बैशाख २५ गते, बिहीबार ११:४९

 

National Life

काठमाडौं । सेन्सरटावरले प्रकाशन गरेको एक रिपोर्टमा टिकटकको बढ्दो ख्यातीको बारेमा उल्लेख गरिएको छ । उक्त रिपोर्टका अनुसार टिकटकको डाउनलोड संख्या २ अर्ब पुगेको छ ।

हालको लागि सबैभन्दा धेरै डाउनलोड हुने एप्सहरू मध्येमा टिकटक तेस्रो स्थानमा परेको छ । चिनियाँ सामाजिक संजाल टिकटकले उच्च स्थानमा भएको फेसबुकको बर्चस्वलाई तोड्न सफल भएको छ । फेसबुकको मेसेन्जर र व्हाटस्यापलाई पछि पार्दै टिकटक संसार कै तेस्रो सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । अझै पनि पहिलो स्थानमा फेसबुकको फेसबुक एप र फेसबुक कै इन्स्टाग्राम एप रहेको छ । तर फेसबुक र इन्स्टाग्राम निकै पहिले देखि नै उपलब्ध भएका एपहरू हुन् । टिकटक सन् २०१६ मा अर्थात् केवल ४ वर्ष अगाडी रिलिज भएको एप हो । रिलिजको छोटो समयमा पनि मेसेन्जर र व्हाटस्याप जस्ता एपलाई भेटाउन सफल भएको टिकटक अहिलेको सबैभन्दा द्रुत गतिमा फस्टाउने सामाजिक संजाल बनेको छ। सन् २०२० को तेस्रो त्रैमासिकमा मात्र पनि यो एप ३१ करोड ५० लाख पटक डाउनलोड भएको छ । यसमा एन्ड्रोइड प्ले स्टोर र आइफोनको एप स्टोरको डाउनलोड संख्यामा मात्र जोडिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

चिनमा मात्र उपलब्ध हुने एप स्टोरहरूबाट गरिएको डाउनलोड संख्यालाई यहाँ जोडिएको छैन । चिनको त्यस्ता एप स्टोरहरूको संख्या पनि जोड्दा डाउनलोड संख्या निकै नै उच्च हुन सक्ने सम्भावना रहेको छ । टिकटकको एप गत वर्षलप फेब्रुअरी मै १ अर्ब पटक डाउनलोड भइसकेको थियो । सो समय देखि अहिलेसम्म अर्थात् केवल १ वर्ष मै यस एप थप १ अर्ब पटक डाउनलोड भएको छ ।

प्रतिकृया