• ७ असोज २०८३, बुधबार
  • १२ः०७ राती

गरिबलाई राहतको नाममा कुहिएको चामल बितरण

प्रकाशित मिति

२०७७ बैशाख २३ गते, मंगलवार ११:२९

 

National Life

मुगु । मुगमा लकडाउनका कारण आफुलाई चाहिने खाद्यान्न जोहो गर्न नपाएका सर्बसाधारणलाई राहतको नाममा कुहिएको चामल बितरण गरिएको छ ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी चैत्र ११ गते देखि लागु भएको लक डाउनका कारण चाहिने खाद्यान्न जोहो गर्न नपाएका जनतालाई सोरु गाउँपालिका ११ का सर्बसाधारणलाई राहतका नाममा बितरण गरेको चामल कुहिएको पाईएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल खाद्य संस्थान मुगु शाखाबाट सोरु गाँउपालिका ११ का २ सय ३४ घरधुरीका लागी प्रतिघर ३० केजीका दरले ५७ क्विन्टल र संस्थानकै सोरु डिपो र कालै बिक्री केन्द्रमा ढुवानीका लागी राखिएको तारापानी गोदामबाट १८ क्विन्टल ६ लाखमा खरिद गरी सोही गाँउपालिका ११ का २ सय ४३ घरधुरीका साथै दुई जना स्वास्थ्यकर्मी, ५८ जना जेष्ठ नागरिक र ३ जना पुर्णअपाङ्गलाई ३० केजीका दरले बितरण गरेको मध्ये १० घरपरिवारलाई कुहिएको चामल बितरण गरिएको पाईएको सरोकारवालाहरुको स्थलगत अनुगमनले देखाएको हो।

सोरु गाँउपालिका ११ मा बैशाख १२ देखि १६ गतेसम्म २ सय ४३ घर परिवारलाई चामल बितरण गरिएको थियो । राहतको रकम ६ लाख मात्र भएको मौखिक भरमा खाद्य संस्थानबाट बिर्सन शाहीले खरिद गरी मदन कुमार शाही मार्फत टयाक्टरमा ढुवानी गरी तारापानीसम्म ल्याएको मात्र आफुलाई जानकारी भएको सोही गाँउपालिका ११ का वडा अध्यक्ष अकबर शाहीले मुचुल्कामा जानकारी दिएको स्थलगत अनगुमनमा गएका सरोकारवालहरुलाई जानकारी दिएका छन्।

नेपाल खाद्य संस्थानका निमित्त कार्यालय प्रमुख पुस्कर भामले दिएको जानकारी अनुसार चैत्र १२ गते सुर्खेत खाद्य संस्थानबाट प्राप्त भएको ५ सय ६७ बोरा चामल मध्ये १ सय ९० बोरा सोरु गाँउपालिकाले खरिद गरेर लगेको थियो भने ६० बोरा तारापानीबाटै लगेको थियो। सुर्खेतबाट प्राप्त भएको ५ सय ६७ मध्ये २ सय ९० बोरा खाद्य संस्थानले बेच्दा कुनै गुनासो नआएको र १० बोरा कुहिएको जानकारी पाएपछी उक्त चामल फिर्ता मगाई पुन अर्को चामल वितरण गरिने भएको छ। खाद्य संस्थानमा कुहिएको चामल अहिलेसम्म एक दानापनी बितरण भएको छैन । दुई तिन दिन अगाडी मात्र प्रमुख जिल्ला अधिकारीको टोलीले पुरै गोदाम हेर्दा कुहीएको चामल नभेट्टिएको प्रमुख भामले बताए।

१० घरलाई कुहिएको चामल बितरण भएको भन्ने सर्जिमिन मुचुल्का जिल्ला समन्वय समितिबाट प्राप्त भएपछि खाद्य संस्थानको सबै गोदाम अनुगमन गर्दा त्यस्तो केही नभेट्टिएको उनले बताए। ठेकेदारले ढुवानी गरेर राखेको तारापानीका गोदाम समेत अनुगमन गरिएको छ । के कसरी कुहिएको चामल बितरण भएको हो अनुसन्धान भईरहेको प्रमुख जिल्ला अधिकारी कृष्णाकुमार निरौलाले बताए।

प्रतिकृया