‘लकडाउन’ जेठ १० सम्म थप्ने तयारी
प्रकाशित मिति
२०७७ बैशाख २२ गते, सोमबार ०९:२६
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको भईरहेको छ ।
हिजो (आइतबार) बसेको मनित्रपरिषदको बैठकले कोरोनाभाइर संक्रमणको जोखिम उच्च रहेको भन्दै आगामी जेठ १० गतेसम्म लकडाउन थप्ने तयारी गरेको हो ।

भारतमा पनि संक्रमण दर बढिरहेको तथा नेपालमा पनि जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल सुरु भएको छ ।

भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको एक जना मन्त्रीले जानकारी दिएका छन् ।
केही मन्त्रीले भने कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुलो गर्नुपर्ने मतपनि रखेका छन् ।
नेपालगञ्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ ।
नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन् । जसमा १६ जना उपचारपछि घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्




प्रतिकृया