सीमा नाकामा कडाइ गर्न प्रधानमन्त्री ओलीको निर्देशन
प्रकाशित मिति
२०७७ बैशाख २१ गते, आईतवार ०९:०९
काठमाडौं। लकडाउन लम्बिदै जाँदा यसको मोडालिटीको विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ। संक्रमण फैलिरहेको र संक्रमण नदेखिएका क्षेत्रमा कसरी लकडाउनलाई प्रभावकारी र खुकुलो बनाउने भन्ने विषयमा आइतबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको हो।
लकडाउन ४१ दिनमा चल्दै गर्दा प्रधानमन्त्री ओलीले सीमानामा कडाइ गर्न निर्देशन दिएका छन्। मन्त्रिपरिषद् बैठकमा लकडाउनको मोडालिटीको विषयमा भने छलफल भएको एक मन्त्रीले जानकारी दिए। ‘प्रधानमन्त्रीले तत्काल सीमा खुकुलो पार्न नसकिने बताएका छनु । ति मन्त्रीले ‘यसको विषयमा भने मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ बताए ।’ सरकारले अन्तिम पटक थपेको लकडाउनको समय वैशाख २५ गते सकिदै छ।
बैठकमा लकडाउनको मोडालिटीका विषयमा मन्त्रीहरुले केही प्रस्ताव सुनाए पनि यस विषयमा निर्णय भने हुन सकेन। आम सर्वसाधारणको चासोको विषयमा मंगलबार अझ गृहकार्य गरेर मात्र निर्णय गर्ने तयारी भएको ति मन्त्रीको भनाइ छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम र नियन्त्रणका लागि चैत ११ गतेबाट सुरु भएको लकडाउन पटकपटक गर्दै लम्बिदै आएको हो। कोरोनाको जोखिम अझै रहेको र भारतले लकडाउनको अवधि थप्दै गएको सन्दर्भलाई ख्याल गर्दै सरकारले यसको विषयमा निर्णय गर्नेछ।
सरकारले अन्तर्राष्ट्रिय उडानलाई अझै लामो समय स्थगित गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर बढ्दै जाँदा तत्काल लकडाउन खुकुलो पार्नु नहुने तर यसको मोडालिटी परिवर्तन गर्न सकिने गरी प्रस्ताव तयार पारेको छ।






प्रतिकृया