आज साँझ नेकपा सचिवालय बैठक बस्दै
प्रकाशित मिति
२०७७ बैशाख २० गते, शनिबार ०७:४७
काठमाडौं । आन्तरिक किचलोमा अल्झिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज साँझ बस्ने भएको छ ।
गत बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना पछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि थप छलफलका लागि आज सचिवालय बैठक बोलाइएको हो । प्रधानमन्त्री प्रस्ताव पछि प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बाक्लै छलफल भएको थियो ।
अहिले देखिएका सबै विवाद स्थायी कमिटीबाटै समाधान गर्नुपर्छ भन्ने माग पार्टी भित्र छ । दाहाल,नेपाल समूहका नेताले स्थायी कमिटीका बैठकबाट नभागन्न नेताहरुलाई दवाब दिइरहेका छन् ।
उता प्रधानमन्त्री ओलीले भने स्थायी कमिटी बैठक बोलाउन आनाकानी गर्दै आएका छन्। यसअघि २० जना स्थायी कमिटी सदस्यले पार्टीका अध्यक्षद्वयलाई पत्र लेखी तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए। वैशाख ८ मा प्रधानमन्त्री ओलीले पार्टीसँग सल्लाह नै नगरी दुईवटा विधेयक ल्याएसँगै नेकपा विवादको भूमरीमा फसेको हो। आजको सचिवालय बैठकले स्थायी किमटी बैठक बोलाउने सम्भावना रहेको छ ।






प्रतिकृया