• १९ भदौ २०८३, शुक्रबार
  • १२ः०० राती

नेपाल एयरलाइन्स अष्ट्रेलिया जाने कोरिया उडान अनिश्चित

प्रकाशित मिति

२०७७ बैशाख १८ गते, बिहीबार ०८:४६

 

काठमाडौं । नेपाल वायुसेवा निगमले पुनः अस्ट्रेलियामा चार्टर्ड उडान गर्ने भएको छ। नेपाल घुम्न आएका तर लकडाउनका कारण फर्किन नपाएका अस्ट्रेलियन नागरिकलाई लिएर आगामी मे ६ मा उडान भर्ने तयारी भइरहेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

Kamana Sewa

निगमको वाइडबडी जहाज वैशाख २४ गतेका दिन २६० भन्दा बढी अस्ट्रेलियाली नागरिक लिएर सिड्नी उड्ने प्रवक्ता खड्काले बताइन्। अस्ट्रेलियाली दूतावासको समन्वयमा २७४ सिट क्षमताको वाइडबडी मार्फत् सिड्नी उडान गर्ने भनिएको छ। कुन समयमा जाने भन्ने तय भइसकेको छैन।

Classic Tech Desktop

नेपाल सिड्नीबीच गत वर्ष दुइपक्षीय हवाई सम्झौता भएको भए पनि लकडाउनकाबीच यसअघि ब्रिसबेन र अब सिड्नी उडान गर्न लागेको हो। यस्तै, १८ गते बिहीबारमा हुने भनिएको दक्षिण कोरियाको फ्लाइट भने स्थगित भएको छ।

विदामा नेपाल आएका कोरिया कार्यरत नेपाली लिएर त्यसतर्फ उडान भर्ने भनिएको भए पनि सबै यात्रुको स्वास्थ्य जाँच गर्नुपर्ने भएपछि अहिलेलाई उडान स्थगित गरिएको खड्काले बताइन्। कोरिया उडानका लागि अर्को मिति भने तय नभएको छ ।अन्नपूर्ण पोष्ट्बाट साहाभार

प्रतिकृया