• ६ असोज २०८३, मंगलबार
  • १ः२८ दिउँसो

उपत्यकामा एकैदिन लकडाउन उल्लंघन गर्ने १६ सय कारबाहीमा

प्रकाशित मिति

२०७७ बैशाख १६ गते, मंगलवार ०९:४३

काठमाडौं । गृह मन्त्रालयले कडाइ गर्न भनिरहे पनि सर्वसाधारण भने सडकमा निस्किन छाडेका छैनन् ।

National Life

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार मंगलबार दिउँसो मात्रै लकडाउन उल्लंघन गरेको आरोपमा १६ सय जना कारबाहीमा परेका छन् । तीमध्ये १२ सय ३३ जना पुरुष र ३ सय ६७ जना महिला छन् ।

काठमाडौंबाट ७ सय ८१ पुरुष र २ सय ५९ महिला, ललितपुरबाट ३ सय ७० पुरुष र ८४ महिला र भक्तपुरबाट ८२ पुरुष र २४ जना महिलालाई होल्ड गराइएको हो । उनलाई तीन घन्टासम्म उभ्याएर छाडिएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मंगलबार उपत्यकाबाट एक हजार ८२ वटा दुई पांग्रे र १ सय ११ वटा चार पांग्रे सवारीसाधन पनि नियन्त्रणमा लिइएको प्रहरीले बतायो ।

रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले काठमाडौं अन्यत्रभन्दा सुरक्षित छ भन्ने मनोविज्ञानका कारणले पनि सर्वसाधारण बाहिर निस्किने गरेको देखिएको बताए । उनले भने, ‘तर, महामारीका वेला कसैले पनि स्थितिलाई नजरअन्दाज गर्न मिल्दैन । गृहको निर्देशन कडाइका कारण कार्यान्यवन गरिरहेका छौं ।’

प्रहरीले लकडाउनको समयमा कुनै पनि वहानामा सडकमा नआउनुस् सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।

प्रतिकृया