उत्तर कोरियाका शासक किम जोङको अवस्था गम्भीर
प्रकाशित मिति
२०७७ बैशाख ९ गते, मंगलवार ०१:२५
एजेन्सी, उत्तर कोरियाली नेता तथा तानाशाह शासक किम जोङ उनको स्वास्थ्य अवस्था गम्भीर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । समाचारका अनुसार उनी एउटा शल्यक्रिया पछि गम्भीर रुपमा बिरामी परेका छन् । उनको केही समय अगाडि मात्रै कार्डियोभास्कुलरमा आएको समस्याका कारण उपचार गरिएको थियो । तर उनको अवस्था गम्भीर भएको समाचारमा उल्लेख छ ।
अमेरिकी समाचार एजेन्सी सीएनएनको रिपोर्टमा उल्लेख भएअनुसार पछिल्ला केही महिनादेखि किमको स्वास्थ्य अवस्था गम्भीर रहँदै आएको छ । धुम्रपान धेरै गर्ने र मोटोपनका कारण उनको स्वास्थ्यमा समस्या आएको पनि बताइएको छ । अन्तिम पटक गत अप्रिल ११ मा उनी सार्वजनिक भएका थिए । आफ्ना हजुरबुबाको जन्मदिन अप्रिल १५ मा आयोजना भएको कार्यक्रममा पनि उनी सहभागी भएका थिएनन् ।
समाचारका अनुसार किमको ‘ब्रेन डेड’ भएको छ । तर समाचारको वास्तविकता के हो कसैलाई थाहा छैन किनकी उत्तर कोरियामा समाचार बाहिरिन निकै मुश्किल छ । एक गोप्य सूचनालाई आधार मानेर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उत्तर कोरियाको राजधानी प्योङयागमा उनको मुटुको शल्यक्रिया गरिएको र उनी आफ्ना संस्थापक किम इल सुङको जयन्तीमा समेत उपस्थित नभएको बताइएको छ ।






प्रतिकृया