• ६ असोज २०८३, मंगलबार
  • १०ः५६ बिहान

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको तलब कट्टी नगर्ने सरकारको निर्णय

प्रकाशित मिति

२०७७ बैशाख ८ गते, सोमबार ०४:२२

काठमाडौँ ,सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको तलब कट्टा नगर्ने निर्णय गरेको छ ।

National Life

सरकारको उक्त निर्णय सहितको पत्र सबै मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिनुभएको छ । यस अघि कारोना रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिले राहत कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको तलब नकाट्ने निर्णय गरेको थियो ।

कोषमा अन्य राष्ट्रसेवक कर्मचारीको तलबबाट भने ओहोदा अनुसार तीन देखि सात दिनसम्मको तलब कट्टा गरिएको छ । मेरोलागानीबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया