• १९ भदौ २०८३, शुक्रबार
  • १ः१४ दिउँसो

यि हुन् हिजो कोरोना संक्रमित १२ जना भारतीय नागरिक

प्रकाशित मिति

२०७७ बैशाख ६ गते, शनिबार ०७:०९

 

काठमाडौं । शुक्रबार हिजो कोरोना संक्रमण पुष्टि भएका १२ जना भारतीय नागरिकलाई बिराटनगर लगिएको छ ।

Kamana Sewa

संक्रमितहरु २१ बर्षिय अनम ज़ैदी, दिल्ली, ४० वर्षिय मौ। सनउल्ला, दिल्ली, ३१ बर्षिय मौ। रिजवान, दिल्ली, २२ बर्षिय सनमान खान, उत्तर दिल्ली, २८ बर्षिय राशिक राउंड, दिल्ली, २५ बर्षिय मोहामिन्स, साउथ दिल्ली, २१ बर्षिय मौ। आसिफ, उत्तर दिल्ली, २८ बर्षिय सुदेव अहमत, बिजौर, २६ बर्षिय अहमत सइद, दक्षिण दिल्ली, २६ बर्षिय मौ। अबुबकर, दिल्ली, २८ बर्षिय मौ। जावैद, उतर प्रदेश र २५ बर्षिय आदिम अनवर, जामियनगर रहेका छन् ।

Classic Tech Desktop

उनीहरु उदयपुरको एक मस्जिदमा भेटिएका थिए । कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि १२ जनालाई उपचार र रेखदेख गर्ने गरि कोरोना संक्रमितकै उपचार गर्न भनेर विराटनगरमा बनाइएको कोभिड १९ उपचार केन्द्रमा राखिएको हो ।

जनरल वार्ड, आईसीयु, भेन्टिलेटर कुन आवश्यक पर्ने हो त्यहीअनुसार उपचार हुने जनाइएको छ । संक्रमितको अवस्था कस्तो छ र कुन चरणबाट उपचार थालिने भन्ने उनीहरु आएपछि हुने थप परीक्षणबाट थाहा हुने चिकित्सकको भनाइ छ ।

प्रदेश सरकारले कोरोना अस्पताल उपचार केन्द्र सञ्चालनको जिम्मेवारी कोसी अस्पताललाई दिएको छ ।

प्रतिकृया