सशस्त्र प्रहरी बलद्वारा कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर सीमाक्षेत्र शिल
प्रकाशित मिति
२०७६ चैत्र २९ गते, शनिबार ०८:३९
अत्तरिया ।कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन रोक्न शिल गरेको छ। सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको हो ।
विश्वमा महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका समयमा मानिस भारतबाट नेपाल भित्रिन सक्ने भन्दै सीमानाकालाई पूरै शिल गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर गणपति कमल तिमिल्सिनाले जानकारी दिएका छन् । तिमिल्सिनाका अनुसार कैलालीको १०१ किलोमिटर लामो सीमानाकाका १९ स्थानमा प्रहरीको अस्थायी जाँचचौकी र ७३ स्थानमा सेन्ट्री स्थापना गरी निगरानी बढाइएको छ । भारतसँग खुला सिमाना भएका कारण लकडाउनको समयमा कोही पनि नेपाल भित्रिन नदिन सशस्त्र प्रहरीले सीमानाकामा सुरक्षाका साथै निगरानी गर्दै आएको तिमिल्सिनाको भनाइ छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि मुख्य त्रिनगर र खक्रौला नाका बन्द भएकाले लुकीछिपी अन्य खुला नाकाबाट आवतजावत हुन सक्ने भन्दै सीमानाका शिल गरेर सुरक्षा दिइरहेको उनले बताए । सशस्त्र प्रहरीले सरकारले गरेको लकडाउनदेखि नै त्रिनगर र खक्रौला नाकाबाहेक भारतसँग जोडिएका खुला सीमानाकामा सुरक्षासँगै निगरानी गर्दै आइरहेको छ ।
सशस्त्र प्रहरीले सीमित साधन स्रोतका बाबजुत सीमा क्षेत्रमा २४सै घण्टा सर्वसाधारणको आवागमनमा पूर्णरुपमा रोक लगाएको छ । सुदूरपश्चिम प्रदेशभर ४३ वटा सीमा सुरक्षा जाँचचौकी रहेका छन् । सशस्त्र प्रहरीले दक्षिण र पश्चिममा ५५० किलोमिटर सीमानाकामा सुरक्षा गर्दै आएको जनाएको छ ।






प्रतिकृया