अवैतनिक दूतको नाममा ५१ देशमा व्यापारीका ‘रजगज’, हेर्नुहोस्– को कहाँका छन् ?
प्रकाशित मिति
२०७६ चैत्र २८ गते, शुक्रबार ०७:५८
काठमाडौं । शंकर ग्रुपका प्रबन्ध निर्देशक सुलभ अग्रवालले कूटनीतिक नम्बर प्लेटको गाडीमा मेडिकल सामग्री कालो बजारी गरेको भेटिएको भन्दै प्रहरीले पक्राउ गरेपछि यतिबेला अवैतनिक दूतको खोजी जारी छ ।

अवैतनिक दूतले ओहदा र सुविधाको दुरुपयोग गरेर गैरकानुनी क्रियाकलाप गरिरहेको अभियोग लागेपछि शिलापत्रले कति देशमा अवैतनिक दूत छन् भनेर खोजेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार ५१ वटा देशमा यस्ता अवैतनिक दूत छन् । र, ती सबै नेपालका प्रतिष्ठित व्यापारी मात्र रहेको खुलेको छ ।

युनियन फाइनान्स, जगदम्बा स्टिल, हिल्टन होटलजस्ता धेरै उद्योग र व्यापारिक प्रतिष्ठानका सञ्चालक अग्रवाल चीनबाट ल्याएको थर्मोगनसहित पक्राउ परेपछि व्यापारिक प्रतिष्ठाका आधारमा अवैतनिक दूत बन्नेहरूको खोजी सुरु भएको हो ।
नेपाल सरकारले अवैतनिक दूतहरूलाई कूटनीतिक सुविधा उपलब्ध गराएको छ । नेपालले अवैतनिक दूतका रूपमा विभिन्न देशमा पठाइएकाहरूले कुनै पनि सुविधा त्यहाँको सरकारबाट पाउँदैनन् ।
भियना कन्भेन्सनले पनि उक्त सुविधा दिनेबारेमा केही बोलेको छैन । तर, नेपालमा त्यस्ता दूतहरूले अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष, कूटनीतिक नम्बर प्लेट, सिंहदरबार प्रवेश र विशिष्ट भेटघाटमा समेत उपस्थिति लगायतका सुविधा पाउँछन् ।
नेपाल सरकारबाट यस्तो सुविधा उपयोग गरिरहेका ५१ व्यापारीमा प्रतिष्ठित द्योगीदेखि सञ्चार व्यवसायी सम्म रहेको पाइएको छ । चौधरी परिवारबाट मात्कार ५ जनाले यस्तो सुविधा उपभोग गरिरहेको तथ्यांकले देखाउँछ ।
अवैतनिक दूतको पद प्राप्त गर्न सम्बन्धित देशले पत्याउनुपर्ने प्रावधान छ । सम्बन्धित देशले मान्यता दिएपछि नेपाल सरकारले नीलो प्लेट लगायतका सुविधा उपलब्ध गराउँछ भने यस्ता दूतलाई नेपालका जुनसुकै भागमा सहज पहुँचका साथै सम्बन्धित देशमा सम्मान प्राप्त हुने भएकाले पनि व्यापारीहरू यसमा लालायित हुने गरेको परराष्ट्र मन्त्रालयको दाबी छ ।
परराष्ट्र स्रोतका अनुसार अवैतनिक दूत पदको दुरुपयोग गर्दै व्यवसायीहरूले पदीय दुरुपयोग गरेर व्यापार विस्तारसहित सम्बन्धित देशमा ुरजगजु गरिरहेका छन् ।
यी हुन् अवैतनिक दूत
अस्टेलियाः राजेशबाबु श्रेष्ठ (मनकामना दर्शन प्रा.लि.)
बेलारुसः अजयराज सुमार्गी (सुमार्गी ग्रुप)
बेल्जियमः आङ छिरिङ शेर्पा (ट्रेकिङ व्यवसायी)
बोस्निया हर्ज गोभिनास् साहिल अग्रवाल (कालो बजारी अभियोगमा पक्राउ परेका व्यापारी सुलभका भाइ)
बुल्गेरियाः भोलाविक्रम थापा (प्रेसिडेन्ट ट्राभल)
क्यानडाः बुद्ध बस्न्यात
चेक रिपब्लिकस् विष्णुकुमार अग्रवाल (एमएडब्लू प्रालि, यामाहा मोटरसाइकल)
चिलीः वसन्तराज मिश्र
कोलम्बियाः विनयमान श्रेष्ठ
क्रोएसियाः अमिरप्रताप जबरा
साइप्रसः पद्म ज्योति (ज्योति ग्रुप)
डेनमार्कः हरि धरेल
इक्वेडरः शशिकान्त अग्रवाल (चिनी उद्योगी)
इस्टोनियाः नवराज दाहाल
इथियोपियाः राजेन्द्र गिरी
फिजीः पारस शाक्य
जर्जियाः शिव रतन सारडा (सारडा ग्रुप)
ग्रिसः विक्रम पाण्डे (कालिका कन्स्ट्रक्सन)
ग्युनियाः अशोककुमार अग्रवाल
हंगेरीः अरुणकुमार चौधरी (चौधरी ग्रुप)
इण्डोनेसियाः चन्द्रप्रसाद ढकाल (आईएमई ग्रुप)
इरानः नरेश श्रेष्ठ (चेम्बर उपाध्यक्ष)
आयरल्याण्डः मनोजबाबु श्रेष्ठ (चितवन कोई)
इटालीः प्रतिमा राणा पाण्डे
काजकिस्तानः वरुण चौधरी (चौधरी ग्रुप)
चेक रिपब्लिकः सुलभ अग्रवाल (शंकर ग्रुप)
लाटभियाः करण वैद्य (तेज एण्ड करण इन्टरप्राइजेज)
लिथुवानियाः शोभाकर न्यौपाने
लक्जेम्वर्गः श्रीराम लामिछाने
माल्दिभ्सः राहुल चौधरी (चौधरी ग्रुप)
माल्टाः दिनेश श्रेष्ठ (होटल तथा सञ्चार व्यवसायी)
मेक्सिकोः नरेश दुगड (दुगड ग्रुप)
मंगोलियाः तेसान गुर्मान श्रेष्ठ
मोरक्कोः वसन्तकुमार चौधरी (नर्भिक अस्पताल)
नेदरल्याण्ड्सः पेपिन तार्पमान
पपुवा न्यु गिनीः पूर्ण भण्डारी
पेरुः सुमितकुमार अग्रवाल (व्यवसायी)
फिलिपिन्सः सुरज वैद्य (वैद्यज अर्गनाइजेसन)
पोल्याण्डः लोकमान्य गोल्छा (व्यवसायी)
पोर्चुगलः राजेन्द्रकुमार खेतान (खेतान ग्रुप)
रोमानियाः नारायण बजाज (बजाज समूह)
सर्बियाः निर्वाणकुमार चौधरी (चौधरी ग्रुप)
स्लोभ रिपब्लिकः पासाङ दावा शेर्पा (व्यवसायी)
स्लोभानियाः हरिभक्त शर्मा (देउराली जनता)
साउथ अफ्रिकाः प्रदीपकुमार श्रेष्ठ (पन्चकन्या ग्रुप)
स्पेनः अम्बिका श्रेष्ठ (द्वारिका होटल, व्यवसायी)
स्वीडेनः गजेन्द्रबहादुर श्रेष्ठ (व्यवसायी)
तान्जेनियाः राजेश चौधरी (व्यवसायी)
टर्कीः प्रेमप्रकाश खेतान (व्यवसायी)
उरुग्वेः किरण वैद्य (व्यवसायी)
भियतनामः राजेशकाजी श्रेष्ठ (चेम्बर अध्यक्ष)
शिलापत्रबाट साहाभार



प्रतिकृया