• 4:31 pm

लकडाउनमा जुवा खेल्ने पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र २८ गते, शुक्रबार ०७:१८

Tass

मकवानपुर । जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर हेटौंडा उपमहानगरपालिका मैदा टोलमा जुवातास खेलिरहेको अवस्थामा २२ हजार ५ सय ४५ रुपैयाँ र १८ बुक तास सहित ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका मैदा टोल बस्नेहरु रामेश्वर राई, अशोक थापा, चित्र शिवभक्ति, सुमन थापा, सुदिप अर्याल,सागर राई, आकाश बिष्ट र सोही उपमहानगरपालिका कमल डाँडाका बिजय राई रहेका छन् । उक्त ठाउँमा तास खेलिरहेको सूचनाको आधारमा बागमति प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिकृया