• २२ भदौ २०८३, सोमबार
  • ४ः१८ बेलुका

विदेशमा रहेका ५० नेपालीमा कोरोना संक्रमण

प्रकाशित मिति

२०७६ चैत्र २३ गते, आईतवार ०१:०४

काठमाडौं, विदेशमा कोरोना संक्रमित नेपालीको संख्या ५९ पुगेको छ। रोजगारी, र अध्ययन लगायतका प्रयोजनमा विभिन्न मुलुकमा पुगेका ५० जनामा संक्रमण देखिएको हो । विदेश र नेपालमै रहेका ९ जना गरी ५९ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

National Life

पोर्चुगलमा सबैभन्दा ठूलो संख्यामा १४ जना नेपालीमा कोरोना संक्रमण भएका छन्। पोर्चुगलका विभिन्न संचार माध्यमहरुले पोर्चुगल पुगेका १४ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि गरेका थिए । उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त भएको छैन।

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका थप ८ नेपालीमा कोरोना संक्रमण भएको गैरआवासीय नेपाली संघ (एनआरएन) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिएसँगै पोर्चुगलमा संक्रमितको संख्या १४ पुगेको हो।

Classic Tech Desktop

बहराइनमा पनि ठूलो संख्यामा नेपालीहरू कोरोना संक्रमित भएका छन्। शुक्रबार बहराइनस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै एकै पटक थप ९ जना नेपालीमा कोरोना संक्रमण भेटिएको जनाएको छ। योसँगै बहराइनमा १२ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै युएईमा ८ जना, अस्ट्रेलियामा ८ जना, बेलायतमा ३ जना, कुवेतमा १ जना, मलेसियामा १ जना, कतारमा २ जना, अमेरिकामा १ जना संक्रमित भएको पुष्टि भएको छ।

विभिन्न देशका समाचार माध्यम तथा स्रोतका आधारमा तयार पारिएको यो संख्या पूर्ण विवरण भने होइन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ३ जना नेपालीमा कोरोना संक्रमण भेटिएको पुष्टि गरेसँगै नेपालभित्रै कोरोना संक्रमितको संख्या ९ पुगेको छ।

प्रतिकृया