• 1:00 am

ब्रेकअप सामान्य र सजिलो हुँदैन: अभिनेत्री स्वरा भाष्कर

प्रकाशित मिति

२०७६ चैत्र २१ गते, शुक्रबार ११:४४

swar bhaksar

एजेन्सी, स्वरा भाष्करले गत वर्ष ब्वाईफ्रेन्ड लेखक हिमांशु शर्मासँग ब्रेकअप गरेकी थिइन् । ब्रेकअपको एक वर्षपछि ‘वीरे दी वेडिङ’ अभिनेत्रीले आफ्नो ब्रेकअप हुनुको रहस्य खोलेकी छन् । स्वराले आफूहरूले एकअर्कालाई धोका नदिएको बताएकी छन् । आफूहरूको प्रेम यात्रा यहाँसम्मको मात्रै भएको र सल्लाहमै छुट्टिएको बताएकी छन् । ब्रेकअपको कथा सुनाउँदै उनले भनिन्, ‘सोच्नुहोस् कि एउटा पार्कमा दुईजना सँगै हिँडिरहेका छन्, रमाइरहेका छन् । यात्राको क्रममा उनीहरू यस्तो स्थानमा पुग्छन् कि त्यहाँ दुईवटा बाटा देखा पर्छन्, एउटा दायाँ जाने अनि अर्को बायाँ जाने ।

एक व्यक्ति दायाँ जान चाहन्छन् र अर्को बायाँ । त्यहाँ एउटाले भन्न सक्नुपर्छ कि ठिक छ, म मेरो बाटो छोडेर तिमीले चाहेको बाटो हिँड्न तयार छु । तर दुवै आफूले हिँड्न चाहेको बाटो छोड्न चाहँदैनन् । यो अवस्थामा आआफ्नो बाटो समातेर छुट्टिनुको विकल्प हुँदैन। यतिबेला दुवै मान्न तयार हुनुपर्छ कि हाम्रो यात्रा यहाँसम्मको मात्रै रहेछ ।’ के ब्रेकअप सजिलो थियो, ‘सबैका लागि ब्रेकअप सामान्य र सजिलो हुँदैन । कुनै पनि चिजको अन्त्य यादगार र महर्‍वपूर्ण हुन्छ ।’ स्वरा भाष्कर पछिल्लो समय फिल्म ‘वीरे दी वेडिङ’ मा देखिएकी थिइन् ।

प्रतिकृया