• १० असोज २०८३, शनिबार
  • ७ः५१ बिहान

कोरोना उपचार कोषमा एक अर्ब बढी सहयोग

प्रकाशित मिति

२०७६ चैत्र २१ गते, शुक्रबार ०९:०४

 

National Life

काठमाडौँ। कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तथा कोषका सदस्य सचिव नारायणप्रसाद विडारीमार्फत कोषमा जम्मा भएको हो ।

कोषका लागि सहयोग गर्नेहरुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालय अन्तर्गतको नेपाल आयल निगम रु ५० करोड र नेपाल फेडफरवार्डस एसोसिएसन रु सात लाख छ हजार १०१ रहेको छ । त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत नेपाल दूर सञ्चार प्राविधकरण रु १५ करोड र नेपाल दूर सञ्चार कम्पनि लिमिटेड रु १२ करोड रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अर्थ मन्त्रालयअन्तर्गतका नेपाल धितोपत्र बोर्ड रु तीन करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषको रु तीन करोड, नेपाल स्टक एक्चेन्जबाट रु तीन करोड ५१ लाख, नागरिक लगानी कोष रु दुई करोड, क्लियरिङ र डिपोजिट कम्पनी रु एक करोड ३५ लाख, बिमा समिति रु पाँच करोड, राष्ट्रिय बिमा संस्थान रु रु एक करोड, कर्मचारी सञ्चय कोष रु पाँच करोड, राष्ट्रिय बाणिज्य बैंक रु एक करोड ८५ लाख, नेपाल बैंकर्स संघका तर्फबाट रु २० करोड रहेको छ । गोरखापत्रबाट साहाभार

प्रतिकृया