कोरोनाविरुद्ध नेपाली सेनाको तयारी
प्रकाशित मिति
२०७६ चैत्र ५ गते, बुधबार ०६:२९
काठमाडौं, नेपाली सेनाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्नो आन्तरिक तयारी तिव्र पारेको छ । सेनाले आन्तरिक तयारी स्वरुप सैनिक मुख्यालयमा अस्थायी टेन्ट निर्माण गरी आफ्ना चिकित्सकहरुलाई तालिम दिएको छ ।
उपत्यका बाहिरका नेपाली सेनाका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई तालिम दिएको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पोखरा, इटहरी र नेपालगञ्ज अस्पालबाट चिकित्सकसहित ६ जना, फिल्ड एम्बुलेन्सका २—२ जना गरी ३६ जना र ओपिडी हेर्ने १० जना चिकित्सकहरुलाई तालिम दिइएको हो । सेनाले १८१ जनालाई तालिम दिइएको छ, जसमा ५२ जना मेडिकल टिम र अन्य प्राविधिक टिम रहेको छ ।
सेनाले मुख्यालयमा ५४ वटा अस्थायी टेन्ट निर्माण गरेको छ । ९ वटा कलस्टरमा छुट्याएर प्रत्येक कलस्टरमा ६ वटा टेन्ट रहने र एउटा टेन्ट २ वटा बेड हुनेगरी टेण्टहरु निर्माण गरेको हो । प्रवक्ता पाण्डेले वीरेन्द्र अस्पतालमा १० तथा पोखरा, इटहरी र नेपालगञ्ज सैनिक अस्पतालमा २—२ वटा आइसोलेसन कक्षहरु स्थापना गरिएको बताए ।
फिल्ड एम्बुलेन्स १८ वटा स्थापना भएको र अबको २ दिनमा सेनाका प्रत्येक अस्पतालमा गरी ५२ वटा आइसोलेन बेडहरु हुने उनले बताए ।






प्रतिकृया