कोरोना भाइरसको संक्रमणले भारतमा तेस्रो व्यक्तिको मृत्यु
प्रकाशित मिति
२०७६ चैत्र ४ गते, मंगलवार ०३:१७
एजेन्सी, भारतमा कोरोभाइरस सङ्क्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका उनी दुबईबाट भारत फर्किएका संचार माध्यमले जनाएका छन् । संचार माध्यमका अनुसार मुम्बईस्थित एउटा अस्पतालमा गत मार्च ५ तारिखमा भर्ना भएका एक ६३ वर्षीय बिरामीको मङ्गलवार मृत्यु भएको हो।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोप भारतमा विस्तार नहोस् भनेर सावधानीस्वरूप सरकारले शैक्षिक संस्था, शपिङ मल, रेस्टुराँ, मदिरालय, व्यायामशाला तथा धार्मिक स्थलमा जान र सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ।
त्यसबाट भारतका विभिन्न स्थानमा बन्दको जस्तै स्थिति देखिएको छ । भारतमा अहिलेसम्म केही विदेशीसहित १२६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ। त्यहाँ झन्डै ६,००० जनाको परीक्षण गरिएको छ।
अहिलेसम्म दक्षिण एशियामा भारतमा मात्र कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि भएको छ ।






प्रतिकृया