• ६ असोज २०८३, मंगलबार
  • ८ः३९ बिहान

प्रधानमन्त्री कृषि परियोजनामा ११ करोड अनियमितता

प्रकाशित मिति

२०७६ चैत्र ४ गते, मंगलवार ०१:१२

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ ।

National Life

अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न अख्तियारले सरकारलाई सुझाव दिएको छ । आयोगले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले प्रधानमन्त्री कृषि परियोजनाको नाममा सरकारले शीषत भण्डारका लागि दिएको करोडौँ अनुदानमा अपेक्षा अनुरुप परिणाम नदेखिएको औंल्याएको छ ।

आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ खुमलटारबाट आर्थिक वर्ष २०७५–७६ का लागि वार्षिक स्वीकृत गराएर आठ वटा कम्पनीमध्ये पाँच कम्पनीलाई प्रथम किस्तास्वरुप १० करोड ९३ लाख ६० हजार रुपैयाँ लिएर अझै निर्माण नगरेको फर्महरुलाई कारबाही गर्न सुझाव दिएको छ । राजधानी दैनिकबाट

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया