• ४ साउन २०८३, सोमबार
  • ९:५५ बेलुका

सभामुख सापकोटा र श्रीलंकाका राजदुतबीच भेटवार्ता

प्रकाशित मिति

२०७६ चैत्र ३ गते, सोमबार १०:००

काठमाडौँ, सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि श्रीलंकाका महामहिम राजदूत हिमाली अरुनातिलकाबीच शिष्टाचार भेटवार्ता भएको छ ।आइतबार सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा राजदुत अरुनातिलकाले सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिईन ।

भेटमा सभामुख सापकोटाले नेपाल र श्रीलंकाविच ६३ बर्षदेखि कुटनीतिक सम्बन्ध रहेको स्मरण गर्दै दुईदेशविच साँस्कृतिक सम्बन्ध उल्लेखनीय रहेको चर्चा गरेका थिए । दुई देश बीच बहुआयामिक सम्बन्ध रहेको स्मरण गर्नुहुँदै सभामुख सापकोटाले आगामी दिनमा सम्बन्ध थप विकास र बिस्तार हुने विश्वास व्यक्त गरेका थिए ।

Kamana Sewa

भेटमा राजदुत अरुनातिलकाले श्रीलंकामा बहुसंख्यक जनसंख्या बुद्धधर्मावलम्बि रहेको जानकारी दिंदै बार्षिक ७० हजार बढि श्रीलंकन नागरिकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्ने गरेको बताइन ।

Classic Tech Desktop

प्रतिकृया