• ८ असोज २०८३, बिहीबार
  • ५ः५३ बेलुका

‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु हो’: डब्लूएचओ

प्रकाशित मिति

२०७६ चैत्र १ गते, शनिबार ११:१२

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको केन्द्रविन्दु (इपिसेन्टर) अब युरोप भएको चेतावनी दिएको छ । चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रमुख चपेटामा अब युरोप परेको डब्लूएचओले जानकारी दिएको छ ।

National Life

‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु हो’, विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भने, ‘मानिसहरुको जीवन बचाउन आक्रामक उपाय अबलम्बन गर्न जरुरी छ। ‘यो भयानक आगो फैलन दिनु हुँदैन ।’

गत डिसेम्बर ३१ मा चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण १ सय ४५ देशमा देखिएको छ । संक्रमणबाट १ लाख ४५ हजार ६ सय ३८ जना बिरामी परेका छन् । संक्रमित हुने ८० हजार ८ सय २४ जना चिनियाँ नागरिक छन् । बाँकी अधिकांश संक्रमित युरोपियन मुलुकका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

चीनमा संक्रमणको दर कम हुँदै गए पनि युरोपेली मुलुकमा डढेलोझैं फैलिदा डब्लूएचओले यस्तो चेतावनी दिएको हो । चीनमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण १३ जनाको मृत्यु हुँदा अन्यत्र ४ सय ४२ जनाको मृत्यु भएको छ । ४ सय ४२ जनामध्ये अधिकांश युरोपकै छन् ।

प्रतिकृया